Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीबाट साढे २८ किलो गन्धकसहित १ जना पक्राउ


    शुक्रबार, असार २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट साढे २८ किलो गन्धकसहित एक जना पक्राउ परेका छन् । गन्धक बारुद तथा विस्फोटक पदार्थ बनाउन प्रयोग हुन्छ ।

    पक्राउ पर्नेमा भारत घर बताउने ४२ वर्षीय शिवा गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

    साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको हो ।

    उनले के प्रयोजनका लागि गन्धक ल्याएको हो भन्ने पत्ता लागेको छैन । गुप्तालाई बरामद गन्धक तथा साइकलसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार