Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपसभामुख नेतृत्वको टोली चीनमा


    शुक्रबार, असार २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको नेतृत्वमा गएको पाँच सदस्यीय प्रतिनिधिमण्डल गन्तव्यमा पुगेको छ । चीनको गुइयाङमा हुन लागेको सम्मेलनमा भाग लिन उनी गएराति चीनको ग्वाङझौ हुँदै गुइयाङतर्फ प्रस्थान गरेकी हुन् ।

    चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा मध्यरात १२ बजे चीन गएको टोलीमा राष्ट्रिय सभा सदस्य डा. चन्दा कार्की भण्डारी,प्रतिनिधि सभा सदस्य मैना कार्की, भगवती चौधरी र संसद सचिवालयका उपसचिव विमलराज जोशी छन् ।

    गुइयाङमा भोलिदेखि दुई दिने इको फोरम ग्लोबल गुइयाङ २०२३ हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार