काठमाडौं। घरेलु श्रममा लगाइएका दुईजना बालकको काठमाडौं महानगरपालिकाले उद्धार गरेको छ । महानगरले असार १७ गते सिनामंगलस्थित दुई घरहरुबाट घरेलु बाल श्रमिकका रुपमा राखिएको अवस्थामा उनीहरुको उद्धार गरेको हो ।
उनीहरुलाई घरबेटीले कुटपिट, गालीगलौज तथा अत्यधिक काममा लगाए चरम यातना दिएको भन्ने खबर पाएपछि महानगरको टोली त्यहाँ पुगेको थियो ।
उद्धारपछि १० वर्षीय बालकले आफूलाई मालिकले घरभन्दा अलग्गै रहेको जस्ताको छानो भएको स्टोरमा सुताउने गरेको, बिहान ४ बजेदेखि नै घरको सरसफाइ, लुगा धुने, भाँडा माझ्ने जस्ता कार्यमा लगाउने गरेको र विभिन्न बहानामा चरम याताना दिने गरेको बताएका छन् ।
उद्धार गरिएका बालकलाई अहिले अस्थायी सरंक्षण गृहमा राखिएको महानगरले जनाएको छ । उनीहरुको परिवार पहिचान गरीे शिक्षा, स्वास्थ्य, पालनपोषणको उचित प्रबन्ध हुने गरी पारिवारको जिम्मा लगाइने वा परिवारमा उनीहरुको संरक्षण नहुने अवस्थामा वैकल्पिक स्याहारको व्यवस्थाका लागि प्रबन्ध मिलाइने महानगरले जनाएको छ ।
घरबेटीलाई बालश्रम नियमित तथा निषेध गर्ने ऐन २०५६ बमोझिम कारबाही गरिनेछ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend