Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु, एक घाइते


    बिहिबार, असार २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सल्यान। दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस बिहीबार सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।

    बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

    घटनामा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको सल्यानका सीडिओ वेदप्रसाद खरेलले जानकारी दिए । उनीहरु दुवै जना बाबु र छोरा हुन् । बसमा २० देखि २५ जना सवार भएको जनाइएको छ । यद्यपि यसबारे एकिन जानकारी आउन बाँकी छ ।

    उक्त घटनाकै कारण यतिबेला यहाँको बाटोमा यातायात अवरुद्ध भएको छ । प्रहरीले बाटो खुलाउने काम गरिररहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार