काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा वान एक्स बेटलाई प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरमाथि प्रहरीले अनुसन्धान सिध्याएको छ । काठमाडौं प्रहरी परिसरले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।
पक्राउ परेका उनीहरुविरुद्ध एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना सजायको माग गर्न सरकारी वकिललाई राय दिइएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ । सरकारी वकिलले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र दर्ता गर्नेछन् ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४,५ र ६ बमोजिम सजाय मागदावी गर्न राय दिइएको हो । युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर सट्टेबाजीलाई प्रवर्द्धन गरेको प्रहरीको दाबी छ । प्रोमो कोड प्रयोग गरेबापत उनिहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसासमेत प्राप्त गरेको दाबी गरिएको छ ।
गत जेठ ३२ गते मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो)लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend