Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इटहरीमा टिपरले ठक्कर दिँदा आमा-छोरीको मृत्यु


    बुधबार, असार २० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । सुनसरीको इटहरीमा टिपरले ठक्कर दिँदा आमा-छोरीको मृत्यु भएको छ ।

    मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो ।

    मंगलबार करिब पोने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले आमा छोरी सवारको १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो ।

    टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए ।

    उक्त स्थितिलाई नियन्त्रणमा लिन सामन्य बल प्रयोग गरेको र झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते भएको प्रहरीको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार