Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हनुमानढोका परिसरभित्र सवारी साधन निषेध


    मंगलबार, असार १९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन यो निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

    मेयर बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उनले फेसबुकमा लेखेका छन्, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’

    वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन् । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र गाडी निषेध गरिएको मेयर शाहले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार