पाल्पा । अब दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ ले प्रोत्साहन भत्ता दिने योजना अघि सारेको छ । तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने दम्पतीलाई प्रोत्साहनस्वरूप पाँच हजार भत्ता दिने वडा कार्यालयले जनाएको छ ।
ग्रामीण क्षेत्रमा जनसङ्ख्या घट्दै गएकाले जनसङ्ख्या वृद्धि गर्न प्रोत्साहनस्वरुप भत्ता दिन लागेको वडाअध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । तीन बच्चा पाएपछि वडामा जन्म दर्ता गराए ती दम्पतीलाई नगद पाँच हजार भत्ता पाउने योजना अघि सारेको वडाध्यक्ष पोखरेलले जानकारी दिए । आगामी २०८० साउन महिनादेखि यो भत्ता वितरण हुने अध्यक्ष पोखरेलको भनाइ छ ।
पछिल्लो समय जनसङ्ख्या घटेको भन्दै जनसङ्ख्या वृद्धि गर्नका लागि यस्तो कार्यक्रम बनाएको वडा कार्यालयले जनाएको छ । दुईभन्दा माथि बच्चा जन्माएर जन्म दर्ता गर्नेबित्तिकै भत्ता दिइने पोखरेलले बताए । धेरै सन्तान जन्माएर नै काम गर्ने जनशक्ति उत्पादन हुने वडा अध्यक्षको बुझाइ छ । अध्यक्ष पोखरेलले जन्मदर वृद्धिमा प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरे ।
दुईभन्दा बढी सन्तान जन्माउनेलाई भत्ता दिने निर्णयको भने कतिपयले विरोध गरेका छन् । दुई वटा सन्तान हुर्काउन पनि धौ–धौ भएका बेला तीन सन्तानलाई भत्ता दिन्छु भन्ने आफैँमा विरोधाभास भएको स्थानीय बासिन्दाको भनाइ छ ।
यसैबीच आगामी आव २०८०/०८१ मा सोही वडाले हलगोरु पाल्ने व्यक्तिलाई समेत भत्ताको व्यवस्था गरेको छ ।
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend