काठमाडौँ। पहिरो खस्दा धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरूद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो।
भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो। अवरूद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ।
सडक अवरूद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन्। अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ।
पहिराले महाकाली लोकमार्ग अवरुद्ध
लगातारको वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरूद्ध भएको छ। शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो।
सोमबार रातिदेखि सुरू भएको वर्षासँगै ठाउँ-ठाउँमा खसेको पहिराले सडक अवरुद्ध भएको छ। खलङ्गाबाट महेन्द्रनगर–काठमाडौंका लागि छुटेका बस सडक अवरूद्ध हुँदा बाटोमै रोकिएका छन्l
पानी पर्दा बेला–बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज–ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ। सडक अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्।
महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन्। पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको स्रोतको भनाइ छ।
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend