काठमाडौं । विश्व प्रसिद्ध शान्तिवादी नेतृ डा.हाक जा हान मूनको (मदर मुन) आत्मबृत्तान्त ‘शान्तिप्रिय आमा’ नेपाली भाषामा प्रकाशित भएको छ । कोरियन भाषामा पहिलो पटक प्रकाशित भएपछि संसारका विभिन्न भाषामा उल्था गरी प्रकाशित गर्ने क्रममा आज छायाँ सेन्टरको अलफ्ट होटेलमा आयोजित बिशेष कार्यक्रमका बीच संघीय संसद्को प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त पुस्तक सार्बजनिक गरेकी हुन् ।
पुस्तक बिमोचनपछि बोल्दै उपसभामुख रानाले डा. हाक जा हान मुनको आत्मबृत्तान्त संसारका सम्पूर्ण महिलाहरुका लागि प्रेरणाको स्रोत हुने भन्दै शान्ति र मानव कल्याणका खातिर उहाँको योगदान अतुलनीय रहेको बताए । अर्का वक्ता पूर्वमन्त्री तथा संघीय सांसद एकनाथ ढकालले मदर मूनको नेपाल र नेपालीप्रति असिम प्रेम र लगाव रहेको बताउँदै सधैं नेपालको उन्नति र प्रगतिमा उहाँको साथ रहेकोमा आभार ब्यक्त गर्दै जीवनमा सफलताका लागि अनवरत संघर्षशील हुनुपर्छ भन्ने संदेश आत्मबृत्तान्तले दिएको बताए ।
युपीएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा.चाल्र्स याङ्ग र क्षेत्रीय संयोजक मासाइची होरिले शुभकामना संदेश दिदै नेपाल मदर मुनको प्रिय देश रहेको बताउँदै नेपाली आत्मबृत्तान्तले सम्पुर्णा नेपाली लाइ सकारात्मक काम गर्न प्रेरणा मिल्ने बताए । बक्ताहरु लेखिका शोभा ज्ञवाली, बरिष्ठ गायक आनन्द कार्की, प्राचार्य दीपक महर्जन लगायतले पुस्तकको विभिन्न पक्षमा आ–आफ्नो धारणा राखेका थिए । विश्व शान्तिका लागि महिला संघकी बलेसी गाडन ढकालले मदर मुनको शिक्षाले आफ्नो लागि मात्र नभई अरुको लागि पनि सेवा गर्नुपर्छ भन्ने जोड दिएको बताउँदै शान्ति सबैको सामुहिक प्रयासबाट मात्र सम्भव हुने बताइन् । कार्यक्रममा बरिष्ठ संगीतकार मुरलीधर, शिक्षा क्षेत्रकी मंजु कार्की र प्राचार्य दीपक महर्जनलाई ‘शान्ति दूत’ सम्मान प्रदान गरिएको थियो ।
तत्कालीन उत्तर कोरियामा जन्मिएकी श्रीमती डा.हाक जा हान मुन कोरियाली युद्धसँगै दक्षिण कोरियामा शरणार्थी जीवनदेखि उनकी श्रीमान डा. सन म्योङ्ग मुनसँगको विवाह र त्यस पश्चात् दम्पत्तिको रुपमा जीवनभर विश्व शान्तिको लागि गर्नुभएको जीवन संघर्षका अनुभूतिहरु आत्मबृत्तान्तमा समेटिएका छन् । गीतकार प्रकाशबाबु थापाले संचालन गर्नुभएका कार्यक्रममा सांसदहरु, बुद्धिजीवी, कलाकार लगायत महिला नेतृहरुको सहभागिता रहेको थियो । युपिएफ नेपाल लगाएतका सामाजिक संस्थाद्वारा कार्यक्रमको आयोजना गरिएको थियो ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend