काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका-७ स्थित अनुबरा खोलामा भुसा लोड गरी बयलबासबाट ब्रहम्पुरीतर्फ जाँदै गरेको ना.४ ख ६९७६ नम्बरको ट्रक बाटोमा लत्रिएको विजुलिको तारमा छुन गई करेन्ट लाग्दा ट्रकमा लेबर काम गर्ने रौतहट घर भएका २४ वर्षीय संजय मुखियाको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका ट्रक चालकको नेपाल मेडिसिटी अस्पताल बारामा उपचार भइरहेको छ ।
उता नवलपरासी (पूर्व) को मध्यविन्दु नगरपालिका १३ र १४ स्थित गोरे भन्ज्याङ भन्ने स्थानमा लत्रेको तारबाट करेन्ट लागेर सोही नगरपालिका-१४ बस्ने ७० वर्षीय मन बहादुर सोमैको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै धादिङको निलकण्ठ नगरपालिका-३ सनत बजार बस्ने ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । सोही नगरपालिका-३ एमाले चोकस्थित मुलचोटोल सुधार समितिको सडकको बत्ति बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यसैगरी अर्घाखाँचीको छत्रदेव गाउँपालका-३ मथुराबेशीस्थित के.बि. बेम्बो होटलमा काम गर्ने गुल्मी मुसिकोट नगरपालिका-३ पेगा घर भएका २६ वर्षीय बिमल महतको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । सोही होटल नजिक मकैबारीमा बदेललाई धपाउनको लागि करेन्ट जोडी राखेको विजुलीको नाङगो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend