Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रुपन्देहीमा ११ वर्षीया बालिकालाई बलात्कार गर्ने एकजना पक्राउ


    आइतबार, असार १७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही। रुपन्देहीमा ११ वर्षीया बालिकामाथि बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । घरमा चकलेट खाने भनेर बोलाएका ६० वर्षीय एक पुरुषले बालिकामाथि बलात्कार गरेका हुन् ।

    बलात्कारको अभियोगमा शुद्धोधन गाउँपालिका-५ मानपकडीका शिव भारती पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेको समयमा बालिकामाथि बलात्कार भएको हो ।

    बालिकाका अभिभावक खेतमा धान रोप्न गएका बेला ती व्यक्तिले बालिकालाई घरमै लगेर बलात्कार गरेका थिए । बालिका चिच्याएको आवाज सुनेपछि आमा घरमा जाँदा बालिकालाई रगताम्य भेटेका थिए ।

    इलाका प्रहरी कार्यालय छपियाको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ ।

    आइतबार जिल्ला प्रहरीमा ल्याइएका उनलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार