काठमाडौँ। ललितपुर जिल्ला अदालतकी एक जना महिला कर्चारीमाथि हातपात भएको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन्।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले आज काम रोकेका हुन् ।
उक्त घटनाको विरोध स्वरूप सबै अदालतमा काम रोकेको सर्वोच्च अदालतका शाखा अधिकृत कृष्णप्रसाद घिमिरेले जानकारी दिए।
कर्मचारीहरूको चार वटा संगठनले विरोध गरेको हो। कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएको हो। खाजा समयपछि मात्रै काम गर्ने अधिकृत घिमिरेले बताए।
गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए। अमिर लामिछाने कानुन व्यवसायी हुन्।
मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए। तारेख लिन तामाङको फाँटमा पुगेका कानुन व्यवसायी लामिछानेले भीड भएको स्थानमा बसेर मिसिल अध्ययन गरिरहेका थिए।
नासु तामाङले मिसिलको फोटोकपी लिएर जान भनेपछि उनले अपशब्द बोलेर उनीमाथि कुटपिट गरेकी थिइन्।
‘म मिसिल दिन्न तर तपाईंलाई चाहिन्छ भने म फोटोकपी उपलब्ध गराउन सक्छु भनेर भनें,’ उनले भनेकी थिइन्, ‘त्यसो भए मलाई मिसिल हेर्न नदिने हैन त भन्नुभयो। फोटोकपी मात्रै उपलब्ध गराउन सक्छु मिसिल नै दिए त मेरो जागिर जानसक्छ भनेपछि उहाँले कुट्नुभयो।’
‘तँ धेरै जान्ने हुन्छेस्, तँ को होस्’ भनेर अमिरले गालीगलौज गरेको उनले बताएकी थिइन्।
‘मलाई किन तँ भनेर यसरी गाली गरेर बोल्नुभयो भन्दा उहाँले हिर्काउनुभयो। मुक्काले नै हिर्काउनुभयो,’ उनले भनेकी थिइन्, ‘दुईटा दाँत हल्लिएको छ। मुखमा चोट लागेको छ। तान्दा कपडा च्यातिएको छ।’
उक्त घटनापछि पीडित तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान जारी छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend