काठमाडौं । पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित फैसला गरेपछि सो खोलालाई खुला रूपमा नै बगाउन काठमाडौँ महानगरपालिकाले सुरु गरेको कानुनी प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन ।
अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ दिएको छैन । महानगरपालिकाले गत वैशाख २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ नफर्काएको जानकारी दिए ।
उनले भने “महानगरपालिका अहिलेसम्म मन्त्रालयको जवाफ र प्रतिक्रियाको प्रतीक्षामा छ । अबको केही दिनसम्म प्रक्रिया वा जवाफ नआए महानगरपालिको पुनः पत्राचार गर्ने वा थप प्रक्रिया अगाडि बढाउने छ ।” महानगरपालिकाले मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ महानगर प्रमुख स्तरीय निर्णयले मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता मानन्धरले स्पष्ट पारे ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश जोशीले टुकुचा खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित काठमाडौँ महानगरपालिकाबाट पत्र प्राप्त भएपछि सोको आवश्यक कारबाही तथा राय मागका लागि मन्त्रालयका तर्फबाट नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार भइसकेको जानकारी दिनुभयो। उनका अनुसार सो विभागबाट राय सुझाव आउने क्रममा छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend