हुम्ला । सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खराब मौसमको कारण दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई रुट पर्ने कालिकोट र बाजुरामा हवाई सेवा अवरुद्ध भएको हो ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले शुक्रबारबाट हुम्ला जिल्लाको हवाई सेवा अवरुद्ध हुँदैआएको बताएका छन् । उनले सिमकोटको मौसम ठिक भए पनि हवाई मार्गका लागि इनरुट पर्ने कालिकोट र बाजुरा जिल्लामा खराब मौसमको कारण हवाई सेवा सुचारु हुन नसकेको बताए।
दुवै दिन बिहान हुम्लाको मौसम खराब भए पनि ९ बजेपछि खुलेको थियो । शुक्रबार बिहान सीता, समिट र तारा एयरका जहाजले नेपालगञ्जबाट एक साथ उडान भर्न खोजेको भए पनि कालिकोट र बाजुरा जिल्लामा खराब मौसम भएका कारण जहाज छिर्न नसकेपछि डाइभर्ट भएको थियो ।
उनले यो क्रम शनिबार पनि सीता, समिट र तारा एयरका चार वटा जहाज नेपालगञ्जबाट उडेर कालिकोटबाटै फिर्ता भएको बताए । कालिकोटमा बाक्लो कुहिरो र बादल लागेको कारण शनिबार पनि जहाज छिर्न सक्ने अवस्था नभएपछि सबै जहाज नेपालगञ्ज फिर्ता भएको बताए ।
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend