काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ। राजनीतिक दलले बुझाएको आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच्ने कार्य गर्दै छ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राजनीतिक दललाई बुधबारदेखि तीन दिनभित्र आवश्यक कागजात आयोगमा पठाउन निर्देशन दिइएको छ। राजनीतिक दलसम्बन्धी ऐनबमोजिम आयोगले माग गरेको कागजात वा विवरण नदिएमा १० हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने छ।
आयोगमा आयव्ययको विवरण बुझाएका ९१ राजनीतिक दलसँग कागजात माग गरिएको छ। ८२ राजनीतिक दलले समयमै र नौ राजनीतिक दलले म्याद नाघेर आयव्ययको विवरण बुझाएका थिए। विज्ञ टोलीले आयोगमा विवरण बुझाएका सबै राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन जाँच्दै छ।
आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले दलको आयव्ययको विवरण अध्ययनका क्रममा टोलीले ‘बैङ्क स्टेटमेन्ट’ आवश्यक देखेकाले थप अध्ययनका लागि सो कागजात माग गरेको जानकारी दिनुभयो। आयोग स्रोतका अनुसार दललाई पठाइएको पत्रमा भनिएको छ, “२०७९ असार मसान्तसम्मको मौज्दात प्रमाणपत्र वा बैङ्क स्टेटमेन्ट र लेखापरीक्षकले प्रमाणित गरेको बैङ्क समायोजन विवरणपत्र प्राप्त भएको मितिले तीन दिनभित्र पेस गर्न अनुरोध छ।”
राजनीतिक दलसम्बन्धी ऐनले आयोगले तोकेको अधिकृत वा विशेषज्ञले दलको हिसाबकिताब र लेखा जुनसुकै बखत माग गर्न वा निरीक्षण गर्न सक्ने व्यवस्था गरेको छ। सोही ऐनमा लेखापरीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिएबमोजिम जाँच गराउन सक्ने उल्लेख छ। ऐनको उक्त व्यवस्थालाई टेकेर आयोगले लेखापरीक्षण प्रतिवेदन जाँच्ने र जाँचका क्रममा आवश्यक अपुग कागजात बुझाउन दललाई निर्देशन दिएको छ।
राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा नेकपा (एमाले) का १९ तथा नेपाली कांग्रेसले १७ वटा बैङ्कमा खाता रहेको देखाइएको छ। आयोगले महालेखा परीक्षकको विज्ञ टोलीले यसै साताभित्र अध्ययन सक्ने अनुमान गरेकोमा बैङ्क मौज्दात विवरण र प्रतिवेदन भिडाएर जाँचबुझ गर्न थप समय लाग्ने भएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend