धनगढी । मंगलबार जिप दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्।
आज (बुधबार) धनगढी रङ्गशालामा राखिएको पार्थिव शरीरमा प्रदेशका मन्त्रीहरू, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरू, आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरूले श्रद्धाञ्जली दिएका हुन्।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ जाँदै गर्दा मङ्गलबार बझाङकै केदारस्युँ गाउँपालिकामा दिउँसो २ बजे दुर्घटनामा परेको थियो । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । सो अस्पतालले मङ्गलबार साँझ साढे ५ बजे मन्त्री सिंहलाई निधन भएको घोषणा गरेको थियो ।
मन्त्री सिंहको पार्थिव शरीर दाहसंस्कारका लागि बुधबार ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट गृह जिल्ला बझाङ लगिने मुख्यमन्त्री कमलबहादुर शाहले बताए । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मङ्गलबार बझाङमै मृत्यु भएको थियो ।
मन्त्रीसहितका तीनै जनाको दाहसंस्कार बझाङमै गरिने कार्यक्रम छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend