काठमाडौं । आठ वर्षअघिको भूकम्पबाट ध्वस्त भएको सम्पदाहरूको भग्नावशेषको पहाड हटाउने विषयमा कसैको चासो परेको छैन । पुरातात्विक महत्वका सम्पदा धरहरा, विश्व सम्पदासूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रका ध्वस्त भएका सम्पदाको स्क्राइब राखिएको टुँडिखेल कुरूप देखिएको छ ।
पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, धरहरा निर्माण गर्ने रमण कन्सट्रक्सन र नेपाली सेनाको आपसी सहमति नभएका कारण कुरूप टुँडिखेल सफा हुन नसकेको हो ।
धरहरा पुनर्निर्माणको क्रममा नेपाली सेनाको स्वीकृतिमा रमण कन्ट्रक्सनले सो क्षेत्रमा केही समयका लागि फोहोर फ्याक्न स्वीकृति पाएको थियो । त्यसपछि ध्वत भएका सम्पदा, नेपाली सेनाको भवन निर्माण गर्दा फालिएका समान र धराहराको धुलो थुपारिएको थियो । सामान हटाउने विषयमा खासै चासो नदेखाएको कारण समस्या बढ्दै गएको छ ।
केही समय त पुरातत्व विभागले रोकेको थियो । ‘विभागका प्रवक्ता रामबहादुर कुँवरले पुरातात्विक सामग्री छान्नुपर्ने भएकाले केही वर्ष रोकेका हौं, सबै पुरातात्विक सामग्री संकलन गरिसकेका छौं हटाउँदा फरक पर्दैन,’उनको भनाइ थियो ।
राजधानीकै सबैभन्दा ठूलो खुला क्षेत्रको दयनीय अवस्था देखेपछि काठमाडौं महानगरले चासो देखाएको थियो । कामपाका प्रमुख बालेन्द्र साहले तत्काल सामग्री हटाउन शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई पत्राचार गरेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend