काठमाडौँ। सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिए बापत चार लाख रुपैयाँ घुस लिने व्यवस्थापक, इन्जिनीयर र लेखापाल उक्त घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु.चार लाख घुसरकम सहित तीन जना कर्मचारीलाई पक्राउ गरेको छ। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक, झापामा कार्यरत आयोजना व्यवस्थापक सहित तीन जना कर्मचारी पक्राउ परेका हुन्।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीस्थित कार्यालयबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनीयर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो।
सडक निर्माणका लागि अन्तिम बिल भुक्तानी गर्न सहजीकरण गरिदिए बापत उनीहरूले निर्माण व्यवसायीबाट घुस लिएका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend