काठमाडौँ। अविरल वर्षाका कारण २ असारमा आएको बाढीपहिरोले पूर्वी पहाडमा हालसम्म १० जनाको मृत्यु भएको छ । संसदमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले शंखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा बाढी पहिरोको क्षतिबारे जानकारी गराएका हुन् ।
उनका अनुसार ६ जना घाइते र २६ जना बेपत्ता भएका छन् । ५४ घर पूर्ण रूपमा क्षति भएको उनले सदनलाई जानकारी गराए । ‘असार २ गते पूर्वी भागमा अत्यधिक वर्षा भयो । बाढीपहिरोबाट धेरै जनधनको क्षति हुन पुगेको छ,’ उनले भने ।
राहत तथा उद्धारका लागि सबै निकायलाई निर्देशन दिइएको उनले बताए । बेपत्ता भएकाको खोजी जारी रहेको उनले बताए ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend