Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थुनामा रहेका प्रभातलाई धरौटीमा छाड्न कास्की अदालतको आदेश


    सोमबार, असार ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । जबरजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका बागलुङका प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश भएको छ। जिल्ला अदालत कास्कीले आज (साेमबार) एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

    गत बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २ लाख ५० हजार रुपैयाँ धरौटी छाड्न म्यादी जिल्ला अदालतले आदेश दिएको थियो । जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही सर्तसहित उनलाई धरौटीमा रिहा गरेको थियो ।

    जाहेरवाला युवतीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा र कास्कीमा प्रभातलाई अपहरण, जबरजस्ती र शरीर बन्धक सम्बन्धी जाहेरी दिएकी थिइन् ।

    फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै गएको जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी परेको थियो । जिल्ला अदालत म्याग्दीबाट साढे २ लाख धरौटीमा छुटे पनि प्रभात भने जबरजस्ती करणीको मुद्दामा कास्की प्रहरीको हिरासतमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार