काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका र सो क्रममा पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् ।
आज दिउँसो २ बजेतिर काठमाडौं जिल्ला अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेसहितलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी परिसर टेकुका प्रवक्ता सीताराम रिजालले नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई छोडिएको जानकारी दिए ।
“चलाउनेसहितका व्यक्तिहरूले अदालतमा होहल्ला मच्चाएका कारण नियन्त्रणमा लिएका थियौँ । तर, उँहाहरूलाई बुझाएर छोडिसकियो,” रिजालले भने ।
चलाउनेमाथि ०७७ असोज २० गते त्रिविकै परिसरमा भएको हमलामा संलग्नहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।
सरकारले उक्त मुद्दा फिर्ता गर्न महान्यायाधिवक्तामार्फत जिल्ला सरकारी वकिल कार्यालयलाई आइतबार पत्र पठाएको थियो । सरकारको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध चलाउनेसहित आज दिउँसो धर्ना दिन जिल्ला अदालत पुगेका थिए ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend