Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिविका उपप्राध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा


    सोमबार, असार ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका र सो क्रममा पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् ।

    आज दिउँसो २ बजेतिर काठमाडौं जिल्ला अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेसहितलाई नियन्त्रणमा लिएको थियो ।

    प्रहरी परिसर टेकुका प्रवक्ता सीताराम रिजालले नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई छोडिएको जानकारी दिए ।

    “चलाउनेसहितका व्यक्तिहरूले अदालतमा होहल्ला मच्चाएका कारण नियन्त्रणमा लिएका थियौँ । तर, उँहाहरूलाई बुझाएर छोडिसकियो,” रिजालले भने ।

    चलाउनेमाथि ०७७ असोज २० गते त्रिविकै परिसरमा भएको हमलामा संलग्नहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

    सरकारले उक्त मुद्दा फिर्ता गर्न महान्यायाधिवक्तामार्फत जिल्ला सरकारी वकिल कार्यालयलाई आइतबार पत्र पठाएको थियो । सरकारको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध चलाउनेसहित आज दिउँसो धर्ना दिन जिल्ला अदालत पुगेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार