Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • झापामा एक कैदीबन्दीको मृत्यु


    सोमबार, असार ४ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। झापामा एक कैदीबन्दीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ।

    आइतबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झापा कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिए।

    लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल बिताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार