Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरुवा बन्दुक र मृगको मासुसहित ४ जना पक्राउ


    आइतबार, असार ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–४ धौखोलाबाट हातहतियारसहित४ जनालाई प्रहरीले पक्राउ हरेको छ ।

    भरुवा बन्दुक तीननाल, खुकुरी एकथान र करिब चार किलोग्राम मृगको मासुसहित सोही ठाउँ बस्ने ६० वर्षीय पदम सिलवाल समेत चारजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई उक्त सामग्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    धादिङकै नेत्रावती गाउँपालिका–२, कमरेनमाथि माथिलो गुम्बास्थित जगंलबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक एकनाल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार