Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


    आइतबार, असार ३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हार २५० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत बढेको महासंघले जनाएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार