ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको उक्त पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो ।
पहिरोमा पुरिएको अवस्थामा एक शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए । बेपत्तामध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको भन्ने खबर प्राप्त भएको र थप पुष्टि हुन भने बाँकी रहेको प्रनाउ लिम्बूले बताए।
उनको अनुसार बाँकी बेपत्ता भएका तीन जना ६३ वर्षीया भगीमाया बुडाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुडाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुडाक्षेत्रीको खोजी कार्य जारी रहेको छ । बेपत्ता हुनेको खोजी कार्यमा प्रहरी, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण जुट्दै आएका छन् । उहाँहरू तीन जना एकै परिकारका रहनुभएको पनि प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend