Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने


    मंगलबार, जेष्ठ ३० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । एमाले सरकारबाट बाहिरिएकै कारण आज मुख्यमन्त्री यादवले प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्री यादव विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्दै सबै दलसँग मत दिन आग्रहसमेत गरे ।

    मुख्यमन्त्रीको प्रस्तावमा सुरु भएको छलफलमा सुरुमै एमालेका सांसद दिपेन्द्र ठाकुरले बोल्दै समर्थन गर्ने बताए ।

    नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर सत्ता समीकरण बदलिएपछि चैत २१ मा सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार