काठमाडौँ। नेकपा एमालेले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने भएको छ।
मुख्यमन्त्री यादवको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेको तथा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको खण्डमा सभामा पाएको प्रमुख प्रतिपक्षी दलको भूमिका जाने भनेर एमाले बाध्यात्मक अवस्थामा पुगेको छ।
अहिले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर पनि एमाले सभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। तर, मधेश सत्तागठबन्धनबाट जनमत पार्टी अलग भएपछि प्रमुख प्रतिपक्ष दल आफू पाउने दाबी गरिरहेको छ। यस्तो बाध्यात्मक अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमालेका एक सांसदले बताए।
नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले अहिलेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय नभएको बताए।
आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा तेस्रोपटक मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सत्तागठबन्धनमा भएको परिवर्तन तथा दलहरूले उनलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
त्यस्तै सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend