काठमाडौं। काठमाडौंमा भाइले दाइको हत्या गरेका छन्।
हिजो सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा भाइले हतौडा प्रहार गरी दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोप छ।
आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी हत्या गरेको एसपी रिजालले बताए।
दाजुभाइबीच पहिला पनि पटक पटक झगडा हुने गरेको र हिजो बुढी आमालाई गाली गरेपछि झोंकमा उनले हतौडाले हानेका रहेछन्’, उनले भने।
उक्त खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।
घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं-२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो।
यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend