Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बैद्यखाना अस्तब्यस्तः आयुर्वेद चिकित्सा प्रणाली समाप्त पार्ने खलनायक को–को हुन् ?


    मंगलबार, जेष्ठ ३० २०८०
    16.1K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सिंहदरबार बैद्यखानाको कार्यकारी निर्देशकमा अहिले डा. रामदेव यादव छन् । उनको नियुक्तिबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पूर्ण पाठ तयार भइसकेको छ । सर्वोच्च अदालतको उक्त आदेशमा बैद्यखानाको कार्यकारी निर्देशकको दरबन्दी ११ तहको भएको हुँदा दरबन्दी अनुसार मिलन गर्न र बाहिरबाट निमित्त कार्यकारी निर्देशक नबनाउनू भन्ने उल्लेख छ । यदि निमित्तै दिनुपरे वैद्यखानाकै बरिष्ठ कर्मचारीलाई दिनू, आदेशमा उल्लेख छ ।

    यादव चोरबाटोबाट बैद्यखाना छिरेका हुन् । नरदेवी आयुर्वेद अस्पतालको निर्देशक रहँदा रंगेहात घुससहित पक्राउ परेका यादवबिरुद्ध अख्तियार दुृरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । रंगेहात घुससहित समातिएका यादवले विशेष अदालतका रजिष्टार अशोक क्षेत्रीलाई घुस बुझाएर प्रमाण नपुगेको भनी सफाइ पाएका थिए ।

    पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई प्रभावमा पारी यादव बैद्यखानाको कार्यकारी निर्देशक भएका थिए । उनको नियुक्तिबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उनको नियुक्तिबिरुद्ध केही दिनअघि सर्वोेच्च अदालतले गरेको ब्याख्यामा कानुन बिपरीत भनेको छ । अदालतको आदेश कार्यान्वयन गर्ने हो भने यादवलाई तत्काल मन्त्रालयले फिर्ता बोलाउनुपर्छ । र, ११ तहको दरबन्दी अनुसार कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्छ । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद चिकित्सकको रुपमा ११ तहमा कार्यरत ३ जनामात्रै छन् ।

    डा. वासुदेव उपाध्याय ८ बर्षदेखि आयुर्वेद विभागको महानिर्देशक छन् । उनी सचिवमा बढुवा नभएसम्म विभाग नछाड्ने पक्षमा देखिएका छन् । बढुवा हुँदा प्रदेशमा दरबन्दी राखेर संघमा कार्यरत रहेका ११ तहका डा. रामआधार यादव आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको करिब ४ बर्षदेखि कार्यकारी निर्देशकमा कार्यरत छन् । उनको दरबन्दी लुम्बिनी प्रदेश सरकार मातहतको दाङमा अवस्थित आयुर्वेद अस्पतालमा छ । तर उनी मुख्यसचिव शंकरदार बैरागीको कृपामा संघमातहतको दरबन्दीमा कार्यरत छन् ।

    त्यस्तै, ११ तहकै डा. प्रदीप केसी नरदेवी आयुर्वेद चिकित्सालयमा साढे ४ बर्षदेखि कार्यरत छन् । ११ तहको संघको २ वटा दरबन्दी रिक्त छ । पदपूर्ति हुने अवस्था तत्काल छैन । प्रदेशमा भएका कर्मचारी संघमा राख्नुपर्ने बाध्यता नभए पनि जनशक्ति नभएको मौकालाई डा. रामआधारले राम्रो प्रयोग गर्न पाएका छन् । सर्वोच्च अदालतले गरेको आदेशलाई कार्यान्वयन गर्ने हो भने डा. रामदेव यादवलाई बैद्यखानाबाट तानेर अहिले भइरहेका ११ तहका चिकित्सकमध्येबाट लानुपर्ने हुन्छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत समक्ष तीनै जनाले यथास्थानमा रहनका लागि राजनीतिक दबाब र प्रभाव पुर्याइसकेका छन् ।

    मन्त्री बस्नेतले भन्ने गरेका छन्–आयुर्वेदका ११ तहका चिकित्सकलाई म अहिलेको अवस्थामा चलाउने पक्षमा छैन । एक आयुर्वेद चिकित्सकका अनुसार तीनै जनालाई नचलाउने हो भने सर्वोच्चको आदेशको अवज्ञा मात्र हुँदैन, यदि मन्त्रीलाई त्यही इच्छा छ भने उनीहरुको अवकाश नहुन्जेलसम्म तीनवटै कार्यालयबाट सरुवा नीतिगत ब्यवस्था गर्नुपर्ने अवस्था छ । आयुर्वेदमा तीन जनाको सिन्डिकेट जस्तै छ । हराभरा कार्यालयसहित महत्वपूर्ण बजेटको हिस्सा चलाउनेगरी आयुर्वेद विभागको महानिर्देशक भएका डा. वासुदेवले चलाएको बिभाग अहिले कुपोषण लागेको बच्चाजस्तै भएको छ ।

    विभागको समग्र बजेट ५० प्रतिशत घटेर अहिले ४ करोड रुपैयाँमा झरेको छ । डा. मुनकर्ण थापा जस्ता चाकडीबाज सारथीलाई सुरुदेखि नै साथमा लिएका उपाध्यायले बाँकी कर्मचारीको कुरै सुन्दैनन् । योग दिवसमा मन्त्रालयको प्रांगणमा मन्त्री, सचिव र सहसचिवहरुलाई उफारेर तमासा देखाउने बाहेक बाँकी समय आयुर्वेद विभागको भूमिका के छ भने टर्चलाइट बालेर खोज्नुपर्ने अवस्था छ । अहिले विनियोजित ४ करोडको बजेटमा पनि ३ करोड कर्मचारीको तलव भत्तामै खर्च हुन्छ । बाँकी १ करोडबाट विभागले आयुर्वेद चिकित्साको कसरी विकास र प्रबद्र्धन गर्नसक्ला ? उपाध्यायजस्ता अक्षम महानिर्देशककै कारणले गर्दा विभागको बजेट र कार्यक्रम खिईदै गएर झन्डै झन्डै विघटनकै अवस्थामा पुगेको छ ।

    छेउमै रहेको स्वास्य सेवा विभागले अरबौंको बजेट परिचालन गर्दा आयुर्वेद विभागका महानिर्देशक उपाध्यायले भने करोडबाट लाखमा झर्ने अवस्थामा पुर्याएका छन् । उनी नै विभागमा रहिरहने भने उनकै कार्यकालमा आयुर्वेद विघटन वा मर्ज हुने संभावना बढेको मन्त्रालयका एक अधिकारीले बताए । लुम्बिनी प्रदेशका उपाध्यायले त्यही क्षेत्रका कांग्रेस नेताहरुलाई पदमा टिकिरहनका लागि हारगुहार गरिरहेका छन् भने सोही प्रदेशका डा. प्रदीप केसी पनि के कम ? उनले पनि कांग्रेस नेताहरुलाई प्रयोग गरी पदमा टिकिरहेका छन् । एमाले निकट उपाध्याय र केसी अहिले खाँटी कांग्रेस बनेको देख्दा आयुर्वेदका चिकित्सकहरु नै दंग परेका छन् । मधेश प्रदेशका यादव पनि मन्त्रीको साइनो पत्ता लाउँदै मधेशका कांग्रेसका नेताहरुलाई प्रयोग गरेकैले होला, मोहनबहादुर बस्नेतले आयुर्वेदका ११ तहका तीन जनालाई म चलाउन सक्दिनँ भनेका होलान् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार