Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्युठान कार दुर्घटनामा ज्यान गुमाउने सबै दाङका


    सोमबार, जेष्ठ २९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी ज्यान गुमाउने आठै जना दाङका रहेका छन्। आज पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीस्थित सडकघुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबै जना दाङका भएको प्रहरीले बताएको छ ।

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह रहेका छन् ।

    कार चालक लमही नगरपालिका–५ का ४९ वर्षीय तारा कुमालको यसअघि नै सनाखत भइसकेको थियो। अर्का एक जना मृतक बालकको भने पहिचान खुल्न बाँकी छ।

    स्वर्गद्वारी मन्दिरको दर्शन गरी प्युठानबाट दाङ फर्किँदै गरेको लु १ च ६३४५ नम्वरको कार स्वर्गद्वारी नगरपालिका(४ भिंग्रीमा दुर्घटना भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार