Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु


    शनिबार, पुष २८ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा । चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा कार दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    उक्त कारमा सवार चार जनाको घटनास्थलमा नै मृत्यु भएको चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीले बताए ।

    अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ । प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो । घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार