Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीको गेटामा विज्ञान विश्वविद्यालय स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डकाे प्रतिबद्धता


    सोमबार, जेष्ठ २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै। कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गरिने भएको छ ।

    आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री प्रकाशशरण महतसँग भेटघाट गरी कैलालीको गेटामा शहीद दशरथ चन्द मेडिकल विश्व विद्यालय सञ्चालन गर्न माग गरेका थिए । उक्त छलफलका क्रममा गेटामा मेडिकल विश्व विद्यालय सञ्चालन गर्ने सहमति भएको नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले बताए ।

    उन्ल्र भने, ‘विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको छ, गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ ।’ यसैगरी अर्थमन्त्री महतले पनि ऐन ल्याएर संसदमा गेटामा मेडिकल विश्व विद्यालय विश्वविद्यालय सञ्चालनका लागि सम्बोधन गर्नु हुने बताइएको छ ।

    सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका खोल्न आग्रह गरेका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ले सकारात्मक प्रतिक्रिया दिएको सांसद आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्व विद्यालयका रुपमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा ल्याउने र ताक्लाकोट जोड्ने सडकका लागि पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । सङ्घीय मन्त्रिपरिषद्ले गएको माघ महिनामै गेटामा विश्व विद्यालय सञ्चालन गर्न निर्णय गरेको थियो ।

    नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गरिने छ भनिएको छ । तर, यही जेठ १५ गतेको सङ्घीय सरकारको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शैयाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा विराेध सुरु भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार