Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनसेलले भन्यो- नेपाल सरकारलाई कुनै रकम तिर्न बाँकी छैन


    सोमबार, जेष्ठ २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय लगानी विवाद समाधान निकाय (आईसीएसआईडी) मा दायर गरेको मुद्दा खारेजीको निर्णय भएसँगै आजियटा ग्रुप (एनसेल)ले अब आजियाटा यूके र एनसेलले नेपाल सरकारलाई कुनै रकम तिर्न बाँकी नरहेको दाबी गरेको छ ।

    आजियटा ग्रुपले २०७६ वैशाखमा विश्व बैंकको लगानीमा स्थापित अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय आईसीएसआईडीमा मुद्दा दायर गरेको थियो ।

    ‘मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले आजियाटा युके र एनसेललाई करिब १४ लाख अमेरिकी डलर भुक्तानी गर्न पनि नेपाल सरकारलाई आदेश दिइएको छ,’ एनसेलले विज्ञप्तिमा भनेको छ, ‘यो निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले सरकारलाई कुनै रकम तिर्न बाँकी छैन ।’ न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको एनसेलको भनाइ छ ।

    आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर अप्रत्यक्ष रुपमा अधिग्रहण गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन एनसेलले दिएको निवेदनका सम्बन्धमा आईसीएसआईडीले आफ्नो मध्यस्थता कारबाही सम्बन्धी निर्णय दिएको छ ।

    आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले गत शुक्रबार आजियाटा यूके र एनसेलले गरेको दाबी खारेजीको निर्णय दिएको थियो । न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपाल सरकारले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको एनसेलको बुझाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार