काभ्रे। काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका-३ स्थित नारायणस्थानको खोंचमा खसेका एक युवकको ८ घन्टापछि उद्धार गरिएको छ ।
बेथानचोक नारायणथान मन्दिर घुम्न जाने क्रममा शनिबार महाभारत जंगलमा राति १० बजे हेल्मेट खसेर टिप्न खोज्दा भुम्लु गाउँपालिका-७ फलाटेका २४ वर्षीय सुमन खड्का भीरबाट खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
उनीसँगै घुम्न गएका साथीहरुले घटनाबारे प्रहरीलाई जानकारी गरापछि प्रहरी नायव उपरीक्षक रेशम बोहोराको नेतृत्वमा २५ जना प्रहरीको टोली खोजी गर्न गएको थियो ।
खोजीको क्रममा आइतबार बिहान ६ बजेतिर पहरामा अड्किरहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक बोहोराले जनाए । खड्काको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।
उनलाई उपचारका लागि जिल्लास्थित धुलिखेल अस्पताल पठाइएको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend