Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली भन्छन्- देशलाई नै ग्रहण लागेको जस्तो भएको छ


    शनिबार, जेष्ठ २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले अर्थतन्त्र सुधार्न कुनै काम गर्न नसक्ने गठबन्धनको सरकार देशलाई नै ग्रहण लागेजस्तो भएको टिप्पणी गरेका छन्।

    शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओली देशको अवस्था बिग्रदै गएको जिकिर गरे। आफ्नो नेतृत्वको सरकार ढलेपछि आएको गठबन्धन सरकारले आर्थिक वृद्धिका लागि काम गर्न नसकेको उनको भनाई थियो।

    “अहिले त अवस्था राम्रो छैन। देशलाई नै ग्रहण लागेको जस्तो भएको छ,” ओलीले भने, “यी दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ। देश नराम्ररी पछाडि परेको छ।”

    उनले उत्पादन वृद्धिदर पनि घटेको बताए। “साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो,” उनले भने, “अहिले कोभिडको मारले यता उता भनेको होइन।”

    गठबन्धनको सरकारले काम गर्न नसक्दा युक्रेन युद्धको वहाना बनाएको उनको आरोप थियो। युक्रेन युद्धलाई देखाएर उम्किन नपाइने उनको भनाइ थियो। ओलीले प्रश्न गरे, “युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की? के गरेको छ?”

    उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण पनि देशका लागि फाइदाजनक नभएको टिप्पणी गरे। देशका नदीनाला भारतलाई सुम्पिने काम भएको उनको आरोप थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार