धनगढी : धनगढीमा अत्यधिक गर्मी बढेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि ४ दिनका लागि उपमहानगर भित्रका सबै विद्यालयहरु बन्द गरेको हो।
‘अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा समस्या देखिन थालेकाले बर्खे वा हिउँदे बिदाबाट मिलान हुने गरी आइतबार देखि ४ दिनसम्मका लागि उपमहानगरभित्रका विद्यालयहरु बन्द गर्न अनुरोध छ’ उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मंगलबारदेखि धनगढीको तापक्रम उकालो लागेको हो। मंगलबार ३७ डिग्री सेल्सीयस रहेको तापक्रम शुक्रबार ४० दसमलव ५ डिग्री पुगेको छ। बिहीबार र शुक्रमबार ४० दसमलव ५ डिग्री मापन भएको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख सिंगल चौधरीले बताए।
उनले मंगलबारदेखि तापक्रम उकालो लागेको बताए। धनगढीमा न्युनतम तापक्रम पनि २६ डिग्रीभन्दा तल नझरेपछि अत्यधिक गर्मी महसुस भएको छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend