Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेखर कोइरालाको दाबी- सरकार टिकाउनका लागि राष्ट्रपतिज्यूले आममाफी दिनुभयाे


    शनिबार, जेष्ठ २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुट उपगुट गरेर अगाडि बढे पार्टी नै समाप्त हुने भन्दै त्यस गुट त्याग्न आग्रह गरेका छन् ।

    भक्तपुर नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र गुट उपगुट अझै पनि रहेकाले गुटकै कारण पार्टी समाप्त हुने भन्दै ध्यानाकर्षण गराए ।

    उनले भने,‘ नेपाली कांग्रेसमा केही गुट छैन भनेर भन्दिन अहिले पनि छ तर अब पनि हामी गुट उपगुट गरेर हामी अगाडि बढ्न थाल्यौं भने हामी समाप्त हुन्छौं । भनेर हिड्न थाल्यौ भने हामी समाप्त हुनेछौं ।’

    साथै उनले सरकार टिकाउनको लागि राष्ट्रपतिले रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेर दण्डहिनता बढ्दै गएकोमा चिन्त व्यक्त गरे ।

    ‘उत्तरदायित्व पारदर्शिता सुशासन र जवाफदेहिता यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हो । हामी कहाँ कता कता दण्डहिनताको पनि बढ्दै गएको चिन्ता लागिरहेको छ । अहिले भर्खरै हेर्नुस् तीन वटा अदालतले गरेको निर्णयलाई राष्ट्रपति जीले त्यो मसी सुक्नै नपाउँदै रेशम चाैधरीलाई माफी दिनुभयो ।’ उनले भने,‘हामी जस्ताले त्यसलाई कसरी हेर्ने यि कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा सरकार टिकाउनका लागि यी कुराहरु गर्दा खेरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा हामीले बुझन जरुरी छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार