Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि निकाल्न सर्वोच्चको आदेश


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

    आज (शुक्रबार) सर्वोच्चका न्‍यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो।

    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। ‍प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय र राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतल निवासबाट झिकाउन आदेश दिएको हो।

    यही जेठ ३० गते अन्तरिम आदेश छलफलको पेशी समेत तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार