Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्–अन्याय सहँदैनौं, सरकार छाड्नुपरे परोस्


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेटमा चरम अन्याय भएको बताएका छन् । साथै पाण्डेले सरकार छाड्ने तर नसहने समेत दाबी गरे ।

    समाजवादी प्रेस संगठनको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भौतिक पूर्वाधार मन्त्रालयको भागमा परेको

    पाँच अर्ब रूपैयाँ गोरखा, डँडेलधुरा र नुवाकोटमा लगेर सिध्याएको भन्दै अन्याय नसहने बताएका हुन्।

    ‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा पाँच अर्ब पैसा झिकेर गर्न सकिने रहेछ, त्यो पाँच अर्बमध्ये एक अर्ब १० करोड रुपैयाँ डँडेलधुरामा, ५५ करोड गोरखामा ७५ करोड नुवाकोटमा छुट्टयाइएछ,’ उनले भने, ‘२३५ करोड ३ वटा जिल्लामा बाँकी २६५ करोड७४ जिल्लामा! यो सुहाउने कुरा हो। यस्तो अन्यायपूर्ण कुरा सुहाउँदैन।’

    एकीकृत समाजवादीको उपाध्यक्षको हैसियतले आफूले यसलाई नसहने बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार