काठमाडौं । सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो। यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ। तर, वास्तविकता त्यहीँ हो। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मा बस्ने सासू माइली थापा र इन्द्रावती गाउँपालिका–२ बस्ने बुहारी मैयाँ थापाको भेट हुन खोलाले छेक्यो। कारण– पुल नहुनु। तर, यो दूरीको वर्ष अब लम्बिएन। तीन वर्षदेखि वारिपारिको सम्बन्धलाई अहिले खोलामाथि बनेको पुलले जोडेको छ।
चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुल बनेपछि सासू–बुहारीको भेट भएको हो। भूगोलको दृष्टिले सासू माइली र बुहारी मैयाँको घरको दूरी त्यत्ति टाढा भने होइन। बुहारी मैयाँ थापाको घरबाट झन्डै एक घण्टा ओरालो झरेपछि झ्याँडी खोला पुगिन्छ।
त्यो खोला तरेर फेरि एक घण्टा उकालो चढेपछि सासू माइली थापाको घर पुग्न सकिन्छ। सर्सरी हेर्दा जम्मा दुई घण्टाको बाटो त हो नि भने झैं लाग्न सक्छ। तर, पनि यो तीन वर्षभित्रको अवधिमा यी सासू–बुहारीको भेट भने एकपटक पनि हुन सकेको थिएन।
झ्याँडी खोलामाथि पुल बनेर केही दिन अघिदेखि सञ्चालनमा आएपछि बल्ल यी सासू–बुहारीको भेट सम्भव भएको छ। ‘हामी सासू–बुहारीलाई आज यो पुलले भेट गराइदियो’, ओठमा हाँसो र भरिएका गहभरीको आँसुसहित बुहारी मैयाँले भनिन्, ‘पुल नबनेको भए कुन जुगमा पो भेट हुन्थ्यो हाम्रो।’ लामो समयसम्म सासू–बुहारीबीच भेट नहुनुको कारण खुलाउँदै मैयाँ भन्छिन्, ‘बाटो लामै त होइन, शारीरिक अवस्थाका कारणले दुई÷तीन घण्टा हिँडेर भेट्न जाने आँट नै गर्न सकिएन।’
दुई वर्षअघि खाद्यान्न पिसानीका लागि नजिकैको मिलमा गएकी बुहारी मैयाँको दुर्घटना भयो। मिलको फित्ताले उनको खुट्टामा गहिरो चोट पु¥यायो। ९ महिनासम्म अस्पतालमा उपचार गराएकी उनको खुट्टा राम्रोसँग ठीक हुन सकेन। मैयाँ अहिले पनि राम्रोसँग हिँड्डुल गर्न सक्दिनन्। हिँड्डुल गर्न उनलाई साहारा चाहिन्छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend