Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै शिशुको हत्या गरी फरार युवक पक्राउ


    बुधबार, जेष्ठ २४ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आफ्नै शिशुको हत्या गरी फरार एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका–४ निवासी २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् ।

    गत जेठ १४ गते आफ्नो १४ दिनको छोरालाई हत्या गरी अन्सारी फरार रहेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अन्सारीलाई मंगलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गे अड्डा पिपलबोटबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार