Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • मेडिसिटी अस्पतालमा बिरामीबाट साढे २ करोड ठगी गरेपछि ३ जना पक्राउ


    बुधबार, जेष्ठ २४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा सोही अस्पतालमा कार्यरत ३ जना पक्राउ परेका छन् ।

    उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्र’ नामको एचएमआईएस सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड चार्ज, डाक्टर चार्ज, नर्सिङ चार्ज वापत वास्तविकभन्दा बढी शुल्क लिने, सफ्टवेयर इन्ट्रिमा भने वास्तविक शुल्क राख्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

    यस्तै पक्राउ पर्नेमा अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु छन्। ठगी आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालेवाटारका ३४ वर्षीय आशिष अर्याललाई पक्राउ गरेको छ।

    पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।

    यसरी उनीहरुले बिरामीबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार