Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मलाई सर्‍यो


    मंगलबार, जेष्ठ २३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकप्रतिनिधिसभाको बैठक आज दिउँसो साढे १ बजेका लागि सरेको छ । ११ बजेका लागि बोलाइएको उक्त बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।

    प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । दलहरुबीच सहमति नभएपछि समयमा बैठक सुरु हुन नसकेको हो ।

    प्रतिनिधिसभा बैठकमा सोमबारदेखि बजेट छलफल सुरु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार