Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब कानून विपरीत बालबालिकालाई काम लगाए काठमाडौँले कारबाही गर्ने


    मंगलबार, जेष्ठ २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले कानून विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रम गराएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    बालश्रम नियमित तथा निषेध गर्ने ऐन, २०५६ को दफा ५ ले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउन र १८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रम गराउन प्रतिबन्ध लगाएको स्मरण गराउँदै महानगरले यस्तो चेतावनी दिएको हो ।

    महानगरले आज निकालेको सूचनामा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण श्रममा खटाएको थाहा भए १५ दिनभित्र जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

    नियम विपरीत घर तथा होटल, ग्यारेज, गाडी, कलकारखानामा बालश्रम गराएको भएमा वा भेटिएमा महानगरको सामाजिक विकास विभागमा जानकारी गराउन सूचनामा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार