काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी आज भैरहवा पुगेका छन् । उनी अस्ति राति भैरहवाबाट काठमाडौं आएका हुन् । गत १५ गते बिहान चौधरी काठमाडौंबाट नेपालगञ्ज हुँदै कैलाली गएका थिए ।
आज बिहान सवा ९ बजे बुद्ध एअरको उडानमा चौधरी काठमाडौंँबाट भैरहवा पुगेका हुन् । भैरहवा विमानस्थलबाट रेशम वाग्मती प्रदेश ०१–०२५ च ३६५८ नम्बरको गाडीमा शुद्धोधन गाउँपालिका गएको बताइन्छ ।
गत १५ गते गणतन्त्र दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि जेलबाट छुटेका उनी विशेषगरी लुम्बिनी प्रदेशको भ्रमणमा व्यस्त देखिन्छन् ।
आठ वर्षअघि कैलालीको टीकापुरमा भएको नरसंहारमा चौधरी दोषी देखिएपछि आजन्म कैदको सजाय भोगिरहेका थिए । तर, राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिएपछि छुटेका थिए।
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले नागरिकका समस्या, गुनासा र...
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend