काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारतमा ऊर्जाको व्यापारका लागि आफ्नो ४ दिने भारत भ्रमण निकैनै महत्वपूर्ण रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेद्र मोदीसँग हैदरवाद हाउसमा भएको भेटवार्ता महत्वपूर्ण भएको बताए ।
सो भेटमा व्यापार, पारवाहन, लगानी प्रवद्र्धन, उर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, बाढी तथा डुवान नियन्त्रण, कृषि, सीमा वारपार, रेल्वे सेवा सञ्चालन कार्य, पुलहरुको निर्माण तथा एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा सकारात्मक अर्थपूर्ण छलफल भएको बताए ।
प्रधानमन्त्रीले भने– ‘नेपालले अर्को हवाई मार्ग र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्टुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने सम्बन्धमा भारतीय पक्षका बारेमा सकारात्मक कुरा भए । नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायत अन्य शहरमा दुईतर्फी उडान गर्ने सन्दर्भमा सकारात्मक छलफल भई नतिजाको नजिक पुगेको छ ।
जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने सन्र्दभमा समेत बलियो सहमति निर्माण भएको छ । विभिन्न जलविद्युत आयोजनामा लगानी भित्र्याउने, जलविद्युत आयोजनाका लागि ट्रान्समिसन लाइन निर्माण गर्ने तथा नेपालबाट उmर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार निश्चित गर्ने विषयमा भ्रमणमा महत्वपूर्ण सहमति भएको छ ।’
दीर्घकालीन उर्जा व्यापार, भारतीय भूमि हुँदै बंगलादेशसम्म उर्जा व्यापार, जलविद्युत निर्यातको सुरुवात गर्ने सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको उनले दाबी गरे।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend