Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित


    आइतबार, जेष्ठ २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक भोलि सोमबारसम्मका लागि स्थगित भएको छ ।

    संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।

    यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार