दाङ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पहिचानको आन्दोलन अझै नसकिएको भन्दै थरुहट प्रदेश कायम गर्ने आवाज फेरि बुलन्द पारिने संकेत गरेका छन्। उनले देशमा रहेका प्रदेशहरूको नाम पहिचानको नामबाट कायम गरिनुपर्ने आवाज उठाएका छन्।
दाङको लमहीमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले अग्राधिकारको पक्षमा रहेको उल्लेख गरेका छन्।
‘अहिले पनि लाग्छ, तराईका थारुहरूको नाममा थरुहट प्रदेश मात्रै लेखिदिनूस, त्यो थरुहट प्रदेश लेखिएको संविधानभित्र धारा, उपधाराभित्र कतै थारुको अधिकार नलेखिदिनूस, मात्रै थरुहट प्रदेश लेखेको नाममा यहाँका थारुहरूले हजारौँ, लाखौँ सुंगुरको बलि एकैदिनमा दिन्छन् र खुसीयाली साट्छन्’, नेता रेशमले भने, ‘आफ्नो जनता खुसी भएको देख्न नसक्ने कुनै राज्य व्यवस्था हुन्छ? आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने कुनै राज्य व्यवस्था हुन्छ? कृपया यस्तो नहोस्।’
यस्तै, उनले राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न नहुने बताए।
‘असली हत्याराहरूको खोजीनिती गरौँ न। खोजीनिती गर्न सघाउनको लागि रेशम चौधरी तयार छ’, उनले भने, ‘टीकापुर घटनाको बारेमा अतिरञ्जित कुरा नगर्नूहोस्, टीकापुर घटनामा सबैभन्दा पहिला रामविहारी थारु सहिद भएका थिए। एउटा थरुहट आन्दोलनमा एउटा थारु सिपाइ मारिन्छ, यो सम्भव कुरा हो, अहँ होइन। यो केलाइनुपर्छ। गलत कुराको अन्त्य गरिनुपर्छ, पीडितले न्याय पाउनुपर्छ।’
जेलबाट छुटेपछि पहिलोपल्ट दाङ आएका रेशम चौधरीलाई नागरिक अभिनन्दन गरिएको छ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend