Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • मोरङमा विद्यालयको शौचालयमा आगो लगाएर लेखापालले आत्महत्याको प्रयास गरेपछि…


    शनिबार, जेष्ठ २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर। मोरङको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन्

    मोरङको सुन्दरहरैचा नगरपालिका मृगौलियामा रहेको श्री माध्यमिक विद्यालयका लेखापाल जलेर गम्भीर घाइते भएका हुन् । विद्यालयको शौचालयमा भित्र आगो लगाएर विद्यालयका लेखापाल मनिल ढकाल गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

    उनलाई शौचालयबाट उद्वार गरी कोशी अस्पताल बिराटनगर लगिएको मोरङ प्रहरीले जनाएको छ । विद्यालयमा काम छ भनी उनी बिहानै घरबाट विद्यालय गएका थिए ।

    विद्यालयमा बिहान ढकाल भन्दा अरु नभएकाले आफैले आगो लगाएको हुनसक्ने मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले बताए । उनले घटनाको विषयमा अनुसन्धान भैरहेको बताए। घाइते ढकालको अवस्था गम्भीर छ ।

    सुन्दर हरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले बिहान कोही नभएको अवस्थामा विद्यालयमा गएर आत्महत्याको प्रयास गरेको बताए ।

    विराटनगरमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि काठमाडौ लगिएको छ । एम्बुलेन्सबाट काठमाडौ‌ पठाइएको विद्यालयका प्रधानध्यापक दुर्गा गुरागाईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार